काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, यो दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कायम भएको छ। बिहिबार चाँदीको मुल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।