दार्चुलामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

दार्चुलामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • दार्चुलामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

    काठमाडौं । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ को बकजेबलामा भएको जिप दुर्घटनामा घट्नास्थलमा ६ जनाको मृत्यु भएको थियो ।

    अस्पताल पु¥याइएका थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या आठ पुगेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक (एसपी) राजिव बस्नेतका अनुसार, सबै मृतकको सनाखत भएको छ।

    मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका रहेको बस्नेतले बताए । दुर्घटनामा परी भारतीय नागरिकद्धय ४५ वर्षीय मोहम्द सफीर, १८ वर्षीय मोहम्द बसिरको मृत्यु भएको छ ।

    त्यसैगरी शैल्यशिखर नगरपालिका–९ नकतड का ४५ वर्षीय दिलिप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, नकी श्रीमती २८ शान्ति रावल, शैल्यशिखर–५ बस्ने ४० वर्षीया मिना लेखकको मृत्यु भएको जनाइएको छ । यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ ।

    दुर्घटनामा जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित ५ जना घाइतेको उपचार भइरहेको छ।बिहीबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij