काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीनजना मृत फेला

काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीनजना मृत फेला

बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीनजना मृत फेला

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । मृत फेला पर्नेमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिनाका बालक छन् ।

    । उनका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । पछि जाँच गर्दा कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको जनाइएको छ । 

    अहिले घटनास्थलमा प्रहरी वृत्त, बौद्ध, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ । शवको मुचुल्का भइरहेको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सकसहितको टोली समेत घटनास्थलमा पुगेको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij