काठमाडौं । मौसम प्रतिकुल बन्दा भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएको छ । बिहीबार हुस्सु लागेकाले आन्तरिक र बाह्य उडान प्रभावित भएको हो ।
बैंककबाट आएको थाई एयर एसियाको जहाज अवतरण हुन सकेको छैन । थाई एयर एसियाको जहाज कपिलवस्तुमाथिको आकाशमा होल्ड भएको छ ।
बिहानैदेखि लागेको हुस्सु हट्दै गएको र विमानस्थल खुलेकाले यो जहाज केहीबेरमा अवतरण जनाइएको छ ।