रास्वपाले टुंग्यायो उपनिर्वाचनका लागि उम्मेदवार, को कहाँ ?(सूचीसहित)

रास्वपाले टुंग्यायो उपनिर्वाचनका लागि उम्मेदवार, को कहाँ ?(सूचीसहित)

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • रास्वपाले टुंग्यायो उपनिर्वाचनका लागि उम्मेदवार, को कहाँ ?(सूचीसहित)

    काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले १७ स्थानमा उम्मेदवार टुंगो लगाएको छ। १६ मंसिरमा दुई ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने रास्वपाले भाग नलिने भएको छ ।

    रास्वपाले २५ स्थानका उम्मेदवार छनोट भने प्रक्रियामा रहेको जनाएको छ । रास्वपाले दैलेखस्थित महाबु पालिकाको अध्यक्षमा प्रकाशकुमार बुढा उम्मेदवार बनाउने भएको छ । जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षको उम्मेदवार पार्वती पुनलाई चयन गरिएको छ ।

    तेह्रथुमको लालिगुराँस नगरपालिका-८ को वडाध्यक्षमा सञ्जीव खड्का, सुनसरीको गढी गाउँपालिका-६ वडाध्यक्षमा शशिकुमार साहुु, ओखलढुंगा मेलुङ गाउँपालिका-५ को वडाध्यक्षमा विष्णुप्रसाद पोख्रेल उम्मेदवार बन्ने भएका छन्।

    ताप्लेजुङको जिरिजङ्घा गाउँपालिका-३ को वडाध्यक्षमा देवीप्रसाद पौडेल, उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा ध्रुवप्रसाद पोख्रेल र उदयपुरकै बेलका नगरपालिका—८ को वडाध्यक्षमा तेजमान विश्वकर्मा उम्मेदवार बन्ने भएका छन्।

    धनुषाको धनुषाधाम नगरपालिका-१ को वडाध्यक्षमा पुरूषोत्तम यादव, महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को वडाध्यक्षमा राजेशकुमार शर्मा उम्मेदवार बन्नेछन्। काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा रोजिना श्रेष्ठ र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा गोमा श्रेष्ठको उम्मेदवार बन्ने भएकी छिन् । हेटौंडा उपमहानगरपालिका-१२ को वडाध्यक्षमा आशा विरवल उठ्ने भएका छन्।

    गुल्मीको मुसिकोट नगरपालिका-१ को वडाध्यक्षमा विकास थापा, दैलेखको महाबु गाउँपालिकाको उपाध्यक्षमा प्रकाशबहादुर बुढा, दुल्लु नगरपालिका-१३ को वडाध्यक्षमा रामबहादुर शाही उम्मेदवार बन्ने भएका छन्।

    यस्तै, जाजरकोटको नलगाड नगपालिकाको उपप्रमुखमा पार्वती पुन, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सुजाता फडेरा (थापा) र कञ्चनपुर भीमदत्त नगरपालिका-६ को वडाध्यक्षमा रामदत्त भट्ट उम्मेदवार बन्ने भएका छन्।

    कन्काइ नगरपालिका– ६को वडाअध्यक्ष, ग्रामथान गाउँपालिकाको अध्यक्ष, डाक्नेश्वरी नगरपालिका र कीर्तिपुर नगरपालिकाको प्रमुख, स्वामीकार्तिक खापर र पुथा उत्तरगंगाको उपाध्यक्षको उम्मेदवार चयन हुन बाँकी रहेको छ ।

    निर्वाचन आयोगले १६ मंसिरमा हुने उप निर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिको बनाएको छ । मंसिर १६ गते ४४ स्थानीय तहका विभिन्न रिक्त स्थानमा उपचुनाव हुँदैछ। स्थानीय तह निर्वाचनमा रास्वपा पहिलो पटक सहभागी हुन लागेको हो।

    २०७९ सालको स्थानीय तह निर्वाचन हुँदा रास्वपा गठन भएको थिएन । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij