सहकारी ठगी प्रकरणमा सीआईबीले लियो धनराज गुरुङसँग बयान

सहकारी ठगी प्रकरणमा सीआईबीले लियो धनराज गुरुङसँग बयान

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • सहकारी ठगी प्रकरणमा सीआईबीले लियो धनराज गुरुङसँग बयान

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सहकारीको रकम अपचलन बारे बयान लिएको छ । सीआईबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी बयानमा कागज गराएको हो । 

    सीआईबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नी ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण, र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धी सोधपुछ गरेको बताइएको छ । गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन ।

    ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए । धनराज आफैले ज्योतिसँग सम्बन्ध विच्छेद हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति भएको बताएका छन् । धनराजले आफू सहकारीका जोडिनु र श्रीमतीसँग भएको सम्बन्ध विच्छेद बारे बयान दिएको बुझिएको छ ।

    सहकारी सम्बन्धी छानबिन गर्न बनेको विशेष समितिले पनि आफ्नो प्रतिवेदनमा धनराज माथि छानविन गर्नु पर्ने राय दिएको थियो ।

    उनको पूर्वपत्नी ज्योति गुरुङ र अर्का आरोपी ज्योति बहादुर भण्डारी विरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भइसकेको छ । मितेरी सहकारीका संचालक समितिले दिएको उजुरीका आधारमा धनराजमाथि छानबिन सुरु भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij