कोटेश्वर भाटभटेनी अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कोटेश्वर भाटभटेनी अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • कोटेश्वर भाटभटेनी अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्‍वर भाटभटेनीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

    बागमती प्रदेश ०२–०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मृतकको अहिलेसम्म नामथर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    मंगलबार राति अन्दाजी ४० वर्षीय पुरुष मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

    प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij