जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारी घुससहित पक्राउ

जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारी घुससहित पक्राउ

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारी घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

    जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई घुससहित कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको हो।

    कार्यालयका उपसचिव एवं सूचना अधिकारी ईश्वर प्रसाद आचार्यका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अगाडी बढाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij