धादिङमा बोलेरोको ठक्करबाट युवतीको मृत्यु

धादिङमा बोलेरोको ठक्करबाट युवतीको मृत्यु

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • धादिङमा बोलेरोको ठक्करबाट युवतीको मृत्यु

    काठमाडौं । धादिङको गजुरी गाउँपालिका–३ डार्केफाटमा बोलेराले पैदलयात्रुलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनीघाट–२ की १९ वर्षीया अनिता मिजार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

    प्रहरीका अनुसार ताल्तिबाट मलेखु जाँदै गरेको बा२०च १९९९ नम्बरको बोलेरोले मिजारलाई ठक्कर दिएको थियो । उक्त बोलेरोकै ठक्करबाट १६ वर्षीया प्रशंसा मिजार घाइते भएकी छन् ।

    चालक गोपी बहादुर ठकुरी र बोलेरो प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij