दक्षिणकाली नाकामा पनि संगीतको लाइसेन्स चेकजाँच सुरु

दक्षिणकाली नाकामा पनि संगीतको लाइसेन्स चेकजाँच सुरु

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • दक्षिणकाली नाकामा पनि संगीतको लाइसेन्स चेकजाँच सुरु

    काठमाडौं । काठमाडौंको दक्षिणकाली नाका हुँदै बाहिरिने सार्वजनिक यातायातका साधनमा पनि संगीत बजाउन आवश्यक अनुमतिपत्र(लाइसेन्स)को चेकजाँच सुरु भएको छ । आइतबार विहानदेखि ललितपुर जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जनपद र ट्राफिक प्रहरी, संगीत रोयल्टी समाजले चेकजाँच थालेका हुन् । 

    समाजका प्रतिनिधि बिहानैदेखि संगीत लाइसेन्सको चेकजाँचमा खटिएका छन् । ट्राफिक प्रहरीले पनि यसमा सघाइरहेको छ । उनीहरले लाइसेन्स लिएका गाडीमा हरियो स्टिकर टाँसेका छन् भने नभएका सार्वजनिक यातायातका साधनलाई केही दिनभित्रै लाइसेन्स लिन रसिद थमाएका जनाइएको छ । 

    समाजले तिहारमा जगाती नाकामा पनि चेकजाँच गरेको थियो । जगाती नाकामा दुई हजारभन्दा धेरै सवारी साधनलाई रोयल्टी तिरेर लाइसेन्स लिन नसिहत दिइएको छ । केही दिनमा थानकोट नाकामा पनि चेकजाँच हुने छभने समाजले दशैंलगत्तै अनामनगर क्षेत्रका विद्यालय र रेस्टुरेन्टमा समेत स्टिकर टाँसेको थियो ।  

    रोयल्टी नतिरी सार्वजनिक प्रयोग गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ ले तोकेको कसुरको मात्राअनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

    दोस्रो पटकदेखि पटकैपिच्छे २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij