काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको विद्युत उत्पादन बन्द भएको छ । असोज १२ गते गएको पहिरोको कारण यस आयोजनाको बाँधस्थलमा क्षति पुगेको छ ।
जसकारण माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत (४५६ मे.वा) उत्पादन पूर्ण रुपमा बन्द रहेको कम्पनीले जनाएको छ ।
बाढीका कारण क्षति भएका संरचनाहरुको मूल्यांकन पश्चात पुर्ननिर्माणको कार्य अगाडि बढाइएको पनि अपरले जनाएको छ ।