काठमाडौं । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले डोजर चलाएको छ । महानगरले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरी अनधिकृत संरचना भत्काएको हो ।
महानगरले मापदण्ड विपरीतका संरचना भत्काइएको जनाइएको छ । यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको थियो ।