पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका दरखास्त आह्वान

पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका दरखास्त आह्वान

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका दरखास्त आह्वान

    काठमाडौं ।  पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान  गरेको हो । 

    इच्छुक तथा योग्य व्यक्तिले कार्यविधि अनुसार १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख छ । 

    दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने पनि जनाइएको छ । साथै अनलाइन माध्यमबाट दरखास्त पेश गर्ने व्यक्तिले मन्त्रालयको वेबसाइट www.moest.gov.np  मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिने समितिले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij