विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

मंगलवार, मंसिर १ २०८३
मंगलवार, मंसिर १ २०८३
  • विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झान गुओकिङ्ग रहेका विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

    झान हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौं आएका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसार शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा निजले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको थियो । उक्त पदार्थको तौल ६३५ दशमलव ९६ ग्राम रहेको प्रहरीले जनाएको छ ।

    भन्सार छली गरी अवैध रूपमा ल्याउन खोजिएको अवस्थामा उक्त पदार्थ बरामद गरी झानलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी दिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij