बझाङको बुङ्गलमा अटोरिक्सा दुर्घटना, ३ जनाको मृत्यु

बझाङको बुङ्गलमा अटोरिक्सा दुर्घटना, ३ जनाको मृत्यु

सोमवार, कार्तिक ३० २०८३
सोमवार, कार्तिक ३० २०८३
  • बझाङको बुङ्गलमा अटोरिक्सा दुर्घटना, ३ जनाको मृत्यु

    काठमाडौं । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    आज बिहान साढे १० बजेतिर टुमेडा गाउँबाट वडा–११ मा रहेको बजारका लागि छुटेको नम्बर नखुलेको अटोरिक्सा ब्रेक फेल भई सडकबाट झन्डै ९०० मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा बुङ्गल नगरपालिका–१० की राजमति महरा, तारा महरा र डल्ली महराको मृत्यु भएको हो । अटोरिक्सामा थप एक जना बालक पनि रहेका र उनको अवस्था थाहा हुन सकेको छैन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij