धनगढीबाट काठमाडौं जाँदै गरेको बस नवलपुरमा दुर्घटना, २५ जना घाइते

धनगढीबाट काठमाडौं जाँदै गरेको बस नवलपुरमा दुर्घटना, २५ जना घाइते

सोमवार, कार्तिक ३० २०८३
सोमवार, कार्तिक ३० २०८३
  • धनगढीबाट काठमाडौं जाँदै गरेको बस नवलपुरमा दुर्घटना, २५ जना घाइते

    धनगढी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

    कैलालीको धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६ः४० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो।

    दुर्घटनामा बसमा सवार २५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको जनाइएको छ।

    दुर्घटनालगत्तै प्रहरीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि नवलपुरको डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाएको छ।

    प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि सडकबाट बस हटाएर पूर्व–पश्चिम राजमार्गमा यातायात आवागमन नियमित गरिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij