पश्चिमी वायुको प्रभावले आज ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • पश्चिमी वायुको प्रभावले आज ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आज देशका ६ प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायुको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ ।

    आज दिउँसो देशको हिमाली भूभागसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बादल रहने महाशाखाले जनाएको छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा गण्डकी प्रदेशका त्यस्ता भूभागका थोरै स्थानमा चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । आज राति देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बादल रहनेछ ।

    हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    त्यस्तै, सोमबार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

    सोमबार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij