पश्चिमी वायुको आंशिक प्रभाव कायमै, कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना

मंगलवार, मंसिर १ २०८३
मंगलवार, मंसिर १ २०८३
  • पश्चिमी वायुको आंशिक प्रभाव कायमै, कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली भूभाग र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा बिहान हुस्सु र कुहिरो देखिएको छ ।

    आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    कोशी प्रदेशको हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा र लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

    बुधबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij