पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

    काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नंम्बर ६ भारपास्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    ताप्लेजुङदेखी फिदिमतर्फ आउँदै गरेको काठको गोलिया बोकेको ना ४ ख ७१२३ नम्बरको ट्रक ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा हिलिहाङ–३ साम्रेका ५७ वर्षीय भवानीशंकर पौडेलको मृत्यु भएको हो ।

    शुक्रबार साँझ राजमार्गदेखी करिव ६० मिटर सडकबाट तल खसेर दुर्घटना हुँदा ट्रकमा रहेका अन्य तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल साह तेलीले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij