कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने राजमान मानवको घोषणा

कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने राजमान मानवको घोषणा

शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने राजमान मानवको घोषणा

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखको पदका लागि सरसफाइ अभियन्ता राजमान मानवले उम्मेदवारी घोषणा गरेका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनमा राजमानले उम्मेदवारी घोषणा गरेका हुन् । 

    नेवाः लहना विश्व सरसफाइ अभियानका संस्थापक राजमान कीर्तिपुर नगरपालिका वडा नम्बर १ का बासिन्दा हुन् । विगतमा एमाले पृष्ठभूमिका मानव हाल कुनै दलमा आवद्ध छैनन् । 

    मानवलाई धरानका मेयर हर्क साम्पाङले समेत समर्थन गरेका छन् । कीर्तिपुरलाई पार्टीको गढबाट जनताको गढ बनाउन मेयरको उम्मेदवार बन्न लागेको विचार रहेको जनाइएको छ । 

    कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएकाले आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुरको मेयरमा एमाले, माओवादी र राप्रपाले आफ्नो उम्मेदवार चयन गरिसकेका छन् । कांग्रेस, रास्वपा लगायत दलले भने उम्मेदवार चयन गरिसकेका छैनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij