चितवनमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा ४ जनाको मृत्यु

चितवनमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा ४ जनाको मृत्यु

शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • चितवनमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा ४ जनाको मृत्यु

    काठमाडौं । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । 

    मुग्लिङबाट  नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको   इलेक्ट्रिक  हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको  बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएकाे छ ।

    हायसमा सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी  ४० वर्षकी एक महिला,  अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो । 

    सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij