काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका एक अधिकारीको मृत्यु भएको छ । करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत डँडेलधुरा गन्याधुरा गाउँपालिका वडा नम्बर १ घर भएका नेपाली सेनाका २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
करेन्ट लागेर डँडेलधुरा अमरगढी नगरपालिका-२ घर भएका नेपाली सेनाका २९ वर्षीय विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका थिइ । घाइते दुबै जनालाई उपचारको लागि तत्काल हेलिकप्टरद्वारा आर्मी अस्पताल छाउनी काठमाडौं पठाएकोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
घटनास्थलमा प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाको नेतृत्वमा भएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात दियालको शवलाई पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाइएको छ ।
सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेको बताइएको छ।