सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौं महानगरले तिरायो १ लाख रुपैयाँ जरिवाना

सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौं महानगरले तिरायो १ लाख रुपैयाँ जरिवाना

बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौं महानगरले तिरायो १ लाख रुपैयाँ जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिले सडकमा निर्माण सामग्री राख्ने डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । बुधबार महानगरको वडा नम्बर ३२ अन्तर्गत वाग्मती करिडोरमा पेटी निर्माणको क्रममा निर्माण सामग्री सडकमा राखिएको पाइएपछि सो कारबाही गरिएको हो । 

    सार्वजनिक सडकमा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्‍याउने कामका लागि महानगर प्रहरी बलले डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको हो । नगरपालिकाले सार्वजनिक स्थल र सडकमा निर्माण सामग्री राखेर अवरोध पुर्‍याउने तथा यातायातमा समस्या निम्त्याउने गतिविधिहरूलाई रोक्न कडा कदम चाल्ने गरेको छ ।

    kk

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij