जापानिज इन्सेफ्लाइटिसबाट २३ जनाको मृत्यु, ३० जिल्लामा फैलियो संक्रमण

जापानिज इन्सेफ्लाइटिसबाट २३ जनाको मृत्यु, ३० जिल्लामा फैलियो संक्रमण

बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • जापानिज इन्सेफ्लाइटिसबाट २३ जनाको मृत्यु, ३० जिल्लामा फैलियो संक्रमण

    काठमाडौं । नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) को प्रकोप बढ्दै गएको छ । परिवार कल्याण महाशाखाको अनुसार यसवर्ष जेई संक्रमणले १५ जिल्लाका २३ जनाको मृत्यु भएको छ ।

    देशभर ३० जिल्लामा फैलिँदा ८० जना संक्रमित फेला परेका छन् । ९१५ शंकास्पद बिरामीको नमुना परीक्षण गरेको महाशाखाले जनाएको छ । यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै हुँदै आएको छ ।

    महाशाखाका अनुसार, संक्रमितमध्ये २८.७५ प्रतिशतको मृत्यु भएको छ । संक्रमितमा अधिकांश १५ वर्षमुनिका बालबालिका रहेको खोप महाशाखाले जनाएकाे छ । 

    जापानिज इन्सेफ्लाइटिसबाट सबैभन्दा बढी प्रभावित जिल्ला कैलालीमा ३ जना संक्रममितको मृत्यु भइसकेको छ । कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा दुई–दुई जनाको मृत्यु भएको छ । रुपन्देही, पाल्पा, चितवन, काठमाडौं, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा एक–एक जनाको मृत्यु भएको छ ।

    नेपालमा जापानिज इन्सेफ्लाइटिसको मृत्युदर बढेर २८ प्रतिशत पुगेको छ ।  खोप अभियानले रोग नियन्त्रणमा रहेको भनिए पनि पछिल्लो समय मृत्युदर बढ्दा स्वास्थ्य विज्ञहरू चिन्तित व्यक्त गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको छ ।

    सन् २०२३ मा नेपालमा १०७ वटा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी, २०२२ मा ६६, २०२१ मा २८, २०२० मा २२ जनामा संक्रमण पुष्टि भएको थियो ।

    महाशाखाको तथ्यांक अनुसार १५ वर्षभन्दा मुनि ४२ जनामा र १५ वर्षभन्दा माथि ३८ जना संक्रमित भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij