रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, २१ जना घाइते

रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, २१ जना घाइते

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, २१ जना घाइते

    काठमाडौं । रुकुम पूर्वबाट काठमाडौं आउँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका-६ जाहुलेपानीमा दुर्घटना भएको छ । ना ८ ख ८४१४ नम्बरको रात्रि बस बुधबार दिउँसो मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरिरहेको बताए । उनले बसमा ४५ जना सवार रहेको जानकारी दिए । घाइतेहरूको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको र नामावली खुल्न बाँकी रहेको डीएसपी यादवले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij