काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । मुग्लिन–काठमाडौं सडकखण्डमा पर्ने धादिङको आदमघाटमा आज बिहान २ वटा बस आपसमा ठोक्किएका हुन् ।
पृथ्वीलोकमार्गमा काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नं.को बस र विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ३४९५ नं.को बस एक आपसमा ठोक्किएका थिए ।
घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।
तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।