काठमाडौं । काठमाडौंका दुई फरक ठाउँमा दुई व्यक्ति मृत फेला परेका छन् ।टोखा नगरपालिका–५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलमा एक पुरुष गरी दुई जना मृत फेला परेका हुन् ।
सुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका पाण्डे आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुन्दरीजलस्थित आफ्नै कोठामा काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ बुधबार मृत अवस्थामा भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।