देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : दुई प्रदेशमा वर्षाको सम्भावना

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : दुई प्रदेशमा वर्षाको सम्भावना

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : दुई प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    बुधबार बिहान बुलेटिन जारी गर्दै महाशाखाले कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ। 

    दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij