दीपक मनाङेलाई ज्यान मुद्दामा सर्वोच्चद्वारा ५ वर्ष कैद सजाय

दीपक मनाङेलाई ज्यान मुद्दामा सर्वोच्चद्वारा ५ वर्ष कैद सजाय

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • दीपक मनाङेलाई ज्यान मुद्दामा सर्वोच्चद्वारा ५ वर्ष कैद सजाय

    काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोक्ने उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरिदिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गरिदिएको हो ।

    यसअघि जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्ष कैद सजाय तोकेको थियो । मनाङेले उक्त सजाय भुक्तान गरिसकेका छन् ।

    त्यसपछि उच्च अदालतले थप ३ वर्ष कैद सजाय तोकेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

    सर्वोच्चको यो फैसलापछि उनले अब थप ३ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij