राजस्व संकलनमा कमजोरी गर्नेविरुद्ध ठाउँका ठाउँ ‘एक्सन’ लिन अर्थमन्त्रीको निर्देशन

राजस्व संकलनमा कमजोरी गर्नेविरुद्ध ठाउँका ठाउँ ‘एक्सन’ लिन अर्थमन्त्रीको निर्देशन

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • राजस्व संकलनमा कमजोरी गर्नेविरुद्ध ठाउँका ठाउँ ‘एक्सन’ लिन अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मिहिनेत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन् ।

    सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए ।

    संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व संकलन संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए । 

    राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायत अन्तर्निकायहरुबीच समन्वय गरी काम गर्न पनि निर्देशन दिए । उनले राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन दिएका छन् ।  

    अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रक्रियागत सुधारका लागि नेतृत्वले साथ दिने बताए ।

    बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थिति थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij