भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

    काठमाडौं । भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्ध परेको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतले सो रिट खारेज गरेको हो ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेलेको पूर्ण इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसहितले दायर गरेको रिट खारेज गरिदिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।

    उपाध्यायले विद्युत् व्यापार सम्झौतामा केवल उत्पादित बिजुली निर्यातको विषय मात्र नभएर लगानी र उत्पादनको विषयसमेत निहित रहेकाले यो विषय संसदबाट अनुमोदन गराउनुपर्ने माग राखी रिट निवेदन दिएका थिए । उक्त रिट कार्यान्वयनमा तत्काल रोक लगाउन पनि उनले माग गरेका थिए ।

    २०८० पुसमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले नेपाल र भारतबिच २५ वर्षे दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौताको अङ्गका रूपमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने उल्लेख छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij