स्वास्थ्य बिमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध

स्वास्थ्य बिमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • स्वास्थ्य बिमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध

    काठमाडौं । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा कूल जनसंख्याको ३० प्रतिशत नागरिक आबद्ध भएका छन् । 

    आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कात्तिकमा कुल जनसंख्याको १२ दशमलव ७९ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत नागरिक आबद्ध भएको बताए । 

    उनका अनुसार यस अवधिमा ७९ प्रतिशतले बिमा नवीकरण गरेका छन् । आफ्नो कार्यकालमा स्वास्थ्य बिमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाइएको बसौलाले बताए ।

    बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे । सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बिमा बोर्डको वेबसाइटमा प्रकाशित गर्ने गरिएको, हरेक वर्ष स्वास्थ्य बिमा बोर्डको नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाई कार्य गर्ने व्यवस्थाको सुरुवात गरेको उनले बताए ।

    बसौलाले स्वास्थ्य बिमा ऐन, २०७४ को मर्म बमोजिम स्वास्थ्य बिमा कोष बनाई, सोको सञ्चालन कार्यविधि स्वीकृत गराई कार्य भइरहेको बताए । उनले स्वास्थ्य बिमा कार्यक्रमकै कारण सरकारी अस्पताल र स्वास्थ्य केन्द्रबाट प्रभावकारी काम भएको बताए । 

    उनले सीमित जनशक्तिका बाबजुत आफ्नो कार्यकालमा बोर्डबाट भएका कामकारबाहीहरू सन्तोषजनक रहेको बताए । बसौलाले स्वास्थ्य बिमाको स्थायी संगठन संरचना स्वीकृत गरी आफ्नै कार्यविवरण अनुसारको कर्मचारीबाट सञ्चालन गर्नुपर्ने बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij