नारायणगढ मुग्लिन सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणगढ मुग्लिन सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • नारायणगढ मुग्लिन सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डको रामनगरमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार साँझ ६ः२० बजेको समयमा मुग्लिङबाट आउँदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले रामनगरको परेवाश्वरी पेट्रोल पम्प अगाडि विपरीत दिशाबाट जाँदै गरेको ना ५९ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    बसको ठक्करबाट घाइते भएका भरतपुर–१४ बस्ने ५४ वर्षीय धनप्रसाद भट्टको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भट्टलाई चिकित्सकले सोमबार साँझ ६ः५० बजे मृत घोषणा गरेका हुन् ।

    दुवै सवारी साधन र बस चालक राप्ती नगरपालिका–२ गडौली बस्ने ३६ वर्षीय काजी बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij