काठमाडौं । सोमबार साँझ ६ बजेदेखी बेनी–जोमसोम सडकमा अवरुद्ध यातायात १८ घन्टापछि खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रघुगंगा गाउँपालिका, २ बैसरी छेउ सिरुवारी पहिरोमा एकतर्फी र अन्नपूर्ण गाउँपालिका, ६ घारको महभीरमा दोहोरो याताताय सञ्चालनमा आएको हो ।
भारी वर्षापछि आएको पहिरो पहिरो सोमबार रात परेको र पहिरोमा ढुङ्गा झर्न नरोकिएपछि पहिरो पन्छ्याउने काम मंगलबार बिहानदेखि मात्र सुरु भएको थियो ।
कात्तिक तेस्रो साता वेमौषमी भारी वर्षापछि पहिरो झर्दा सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका हजारौं यात्रु बिच बाटोमा अलपत्र परेका थिए ।
सोमबार बेनी–जोमसोम सडकको वैसरी र महभीर दुई स्थानमा पहिरो झरेकोले साँझ ६:१५ बजेदेखी अवरुद्ध सोझो यातायात अहिले खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ ।