काठमाडौं । आजदेखि सरकारी कार्यालय ४ बजे बन्द हुने भएको छ । जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ। यसका साथै कात्तिक १६ गतेदेखि लागु हुने सो व्यवस्था हालभने आजबाट मात्रै लागु हुने छ । जसमा कात्तिक १६ गते तिहार परेको कारणले सार्वजनि विदा परेको थियो ।
यस अघि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ५ बजे बन्द हुँदै आएकोमा कात्तिक १६ गतेदेखि १ घण्टा अगावै सरकारी कार्यालय बन्द हुने गरेका छन् ।
यसैगरी, १६ कात्तिकदेखि तीन महिना अर्थात १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन् । हरेक शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छ ।
गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गरेको थियो जसअनुसार आजबाट १ घण्टा अगाडी बन्द हुने भएको हो ।
यसैगरी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समय र बैंकिङ कारोबार समय पनि निर्धारण गरेको हुन्छ। वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुन्छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुन्छ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि १ः३० बजेसम्म हुनेछ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाको बैंकिङ समय चाहिँ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि मध्याह्न १२ः३० बजेसम्म हुनेछ।