त्रियुगा नदीमा डुबेर २ बालिकाको मृत्यु, एक बेपत्ता

त्रियुगा नदीमा डुबेर २ बालिकाको मृत्यु, एक बेपत्ता

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • त्रियुगा नदीमा डुबेर २ बालिकाको मृत्यु, एक बेपत्ता

    काठमाडौं । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज २ बालिकाको मृत्यु र १ जना बेपत्ता भएका छन् । 

    स्थानीय श्रवण महतोकी ९ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी ८ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता रहेको छन् ।

    बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij