काभ्रेपलाञ्चोक । सोमबारको वर्षाले बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले नमोबुद्ध–रोशी जोड्ने अस्थायी डाइभर्सन बगाउँदा बीपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
बर्षासँगै रोशी खोलामा आएको बाढीले नमोबुद्ध नगरपालिका ६ र रोशी गाउँपालिका ७ जोड्ने खरिबोट स्थित रोशी खोलामा राखिएको ह्यूम पाइप (डाईभर्सन) बगाएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको ।
चाडपर्व मनाएर उपत्यका फर्कने सर्वसाधारणहरु बाटामै अलपत्र परेका छन् ।
वर्षाका कारण लेदो झरेर सडकमा थुप्रिँदा बिपी राजमार्गकै काभ्रे भन्ज्याङदेखि भकुन्डे बेसीको बिच सडक खण्ड पनि एकतर्फी बनेको छ ।
