भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन विमानस्थलसहित विभिन्न विमानस्थलको हवाई उडान प्रभावित

भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन विमानस्थलसहित विभिन्न विमानस्थलको हवाई उडान प्रभावित

सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन विमानस्थलसहित विभिन्न विमानस्थलको हवाई उडान प्रभावित

    काठमाडौं । प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकूल भएपछि काठमाडौंसहित देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवाँलोका कारण हवाई उडान हुन सकेको छैन भने अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भएको छ ।

    काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स –आइएफआरं उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुन नसकेकाले उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य संख्यामा पर्यटक अलपत्र परेको विमानस्थल कार्यालयले जनाएको छ ।

    अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij