काठमाडौं । भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । अर्घाखाँचीको सन्घिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार दुर्घटना हुँदा दुई जना बेपत्ता भएका हुन् ।
सडकबाट करिब आठ सय मिटर तल कार भेटिए पनि त्यसमा सवार दुई जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिए ।
कारमा सवार चालक र सहचालक नभेटिएको प्रहरीको भनाइ छ । कार पूर्ण रुपमा क्षतविक्षत भएको छ ।
प्रहरीले खोजीकार्य जारी राखेको छ । दुर्घटनास्थल निकै अप्ठेरो रहेकाले उद्वार र खोजी कार्य गर्न असहज भइरहेको प्रहरीको भनाइ छ ।