मजदुरबीचको विवादमा चक्कु हान्दा एकजनाको मृत्यु

मजदुरबीचको विवादमा चक्कु हान्दा एकजनाको मृत्यु

आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१
  • मजदुरबीचको विवादमा चक्कु हान्दा एकजनाको मृत्यु

    काठमाडौं । तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए ।

    व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए ।

    प्रहरी निरीक्षक पासवानले भने, ‘सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

    यहाँ विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वटा वडा जोड्ने सडक स्तरोन्नति काम भइरहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij