३४ किलो गाँजासहित बाराबाट दुई जना पक्राउ

३४ किलो गाँजासहित बाराबाट दुई जना पक्राउ

आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१
  • ३४ किलो गाँजासहित बाराबाट दुई जना पक्राउ

    काठमाडौं । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिकाबाट ३४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजासहित पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–४ गंगानगर बस्ने २५ वर्षीय दिपेन्द्र भन्ने जितेन्द्र कुशवाहा र सोही स्थान बस्ने ३५ वर्षीय सरोजप्रसाद यादव रहेका छन् ।

    वडा नम्बर ४ बस्ने हिरा महतोको गाई गोठभित्रबाट प्याकिङ गर्दै गरेको अवस्थामा प्रहरीले गाँजासहित दुवै जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

    गाँजासहित दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij