धनुषामा एउटै जुवाको खालबाट ९ लाख रकमसहित ३९ जना पक्राउ

धनुषामा एउटै जुवाको खालबाट ९ लाख रकमसहित ३९ जना पक्राउ

आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१
  • धनुषामा एउटै जुवाको खालबाट ९ लाख रकमसहित ३९ जना पक्राउ

    काठमाडौं । धनुषा प्रहरीले जुवाको खालबाट ९ लाख रकमसहित ३९ जनालाई पक्राउ गरेको छ ।

    गएराति क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा बजारको सार्वजनिक दलानमा जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए ।

    उनका अनुसार एउटै हलमा जुवा खेलिरहेका उनीहरुको साथबाट ९ लाख ७३ हजार ८७० रुपैयाँ बरामद गरिएको छ ।

    पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी सिंहले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij