तेस्रो पटक म्याद थप्दा पनि नारायणगढ–बुटवल सडक विस्तारको प्रगति ५३ प्रतिशत मात्रै

तेस्रो पटक म्याद थप्दा पनि नारायणगढ–बुटवल सडक विस्तारको प्रगति ५३ प्रतिशत मात्रै

शनिवार, कार्तिक १७ २०८१
शनिवार, कार्तिक १७ २०८१
  • तेस्रो पटक म्याद थप्दा पनि नारायणगढ–बुटवल सडक विस्तारको प्रगति ५३ प्रतिशत मात्रै

    काठमाडौं । नारायणगढ–बुटवल सडक आयोजनाको कामका लागि तेस्रो पटक थपिएको म्याद सकिन लाग्दा समेत ५३ प्रतिशत मात्रै प्रगति भएको छ । २०७९ सालको साउनमा काम सक्ने गरी २०७५ सालको माघमा सम्झौता भए पनि अहिलेसम्म आधाभन्दा केही बढी मात्रै काम भएको हो ।

    नारायणगढदेखि दाउन्नेसम्म एकतर्फी ३२ किलोमिटर सडक कालोपत्र भएको छ । तेस्रो पटक थपिएको म्याद अब दुई महिना मात्रै बाँकी छ । निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले पाएको हो ।

    पटक पटक म्याद थप्दा पनि काम नसकेपछि आउँदो डिसेम्बर महिनापछि ठेक्का तोड्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए । काम भइरहेका सडकमध्ये नारायणगढ–बुटवल खण्डमा काम कम भएकोले ठेक्का तोड्न लागेको उनको भनाइ छ ।

    निर्माण थालेको सात वर्षमा पनि काम नहुँदा नारायणगढ–बुटवल सडकको यात्रा कष्टकर रहेको छ । सडक खण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक गाडीलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij