काभ्रेको रोशीमा एक महिला मृत फेला, हत्याको आशंका

काभ्रेको रोशीमा एक महिला मृत फेला, हत्याको आशंका

शनिवार, कार्तिक १७ २०८१
शनिवार, कार्तिक १७ २०८१
  • काभ्रेको रोशीमा एक महिला मृत फेला, हत्याको आशंका

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-३ भन्ज्याङ गाउँमा एक महिला मृत फेला परेकी छन् । मृत फेला पर्ने सोही ठाउँकै ६६ वर्षीय माइली लामा छिन् ।

    शुक्रबार साँझ करिब ४ बजे लामा आफ्नै घरमा टाउकोमा चोट लागेको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् । घटनाको अनुसन्धानका लागि टोली अहिले घटनास्थलमा पुगिसकेको उनको भनाइ छ ।

    घटनाको प्रारम्भिक अनसन्धानमा महिलाको हत्या भएको हुन सक्ने आशंका गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij