पाल्पामा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

पाल्पामा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

शुक्रवार, कार्तिक १६ २०८१
शुक्रवार, कार्तिक १६ २०८१
  • पाल्पामा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

    काठमाडौं । पाल्पामा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा माथा गढी २ का ५३ वर्षीय टेक बहादुर ढेगा रहेको प्रहरीले जनाएको छ । गए राति माथा गढी गाउँपालिका वडा नं. २ फेदीस्थित खहरेबाट फेदीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले  ठक्कर दिएपछि ढेगा गम्भीर घाइते भएका थिए।

    घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट माडी फाँटबाट प्रहरी सहायक निरीक्षक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकसहितको कमान्डमा खटिगएको टोलीले घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याउदा ढेगालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    मृतकको शवलाई पोस्टमार्टमका लागि पठाएर ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रण गरी थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij