जन्मनासाथ बालबालिकाको अपाङ्गतासहित चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

जन्मनासाथ बालबालिकाको अपाङ्गतासहित चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • जन्मनासाथ बालबालिकाको अपाङ्गतासहित चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

    काठमाडौं । सरकारले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण अनिवार्य गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा अपाङ्गतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन् ।

    जन्मनासाथ थाहा पाउन सकेमा बालबालिकालाई अपाङ्गतासहितका धेरै स्वास्थ्य समस्याबाट बचाउन सकिने भएकोले यस्तो निर्णय गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    अब प्रसूति र बाल उपचारसेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपाङ्गतासँगै रगतबाट थाइराइड परीक्षण हुनेछ ।

    यसैगरी सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ । बालबालिकाको जण्डिससम्बन्धी परीक्षणसमेत ती अस्पतालहरुमा हुने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपाङ्गता तथा प्रमुख स्वास्थ्य समस्याको निदान थालिने बताएका थिए ।

    विश्वमा ६ प्रतिशत बालबालिकामा जन्मनासाथ अपाङ्गताको समस्या देखिने गरेको छ । तर समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनले देखाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij