पुनःस्थापना गृहबाट भागे दुई बालिका र एक युवती

पुनःस्थापना गृहबाट भागे दुई बालिका र एक युवती

बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • पुनःस्थापना गृहबाट भागे दुई बालिका र एक युवती

    काठमाडौं । विराटनगरस्थित दीर्घकालीन पुनःस्थापना गृहबाट तीनजना फरार भएका छन् । गृहबाट दुई बालिका र एक युवती फरार भएका हुन् ।

    गृहबाट भाग्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १३ वर्षीया र इलाम नगरपालिकाकी १५ वर्षीया बालिका छन् । यसैगरी धनकुटा नगरपालिकाकी १९ वर्षीया युवती बुधबार भागेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले उनीहरूको खोजी तीव्र पारिएको बताए ।

    घरेलु र लैंगिक हिंसाबाट पीडित भएकाहरू त्यहाँ बस्दै आएका थिए । यो गृह कोसी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सञ्चालन गर्दै आएको छ । हिंसामा परी असुरक्षा महसुस गर्नेलाई गृहमा राख्ने गरिएको छ । जिविका चलाउन आवश्यक पर्ने सीपयुक्त तालिम दिनेलगायत व्यवस्था पनि गृहले गर्दै आएको छ । 

    पुनःस्थापना गृहकी प्रमुख सुनीता भट्टराईले बताएअनुसार, भागेका सबै बलात्कार पीडित थिए । त्यहाँ हाल २५ जनालाई पुनःस्थापना गरी राखिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij