भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा

भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा

बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान प्रतिबन्ध फुकुवा गरेको छ । थाइ एयर एसियाले स्पष्टीकरणसहित लिखित रूपमा माफी मागेपछि प्राधिकरणले उडान प्रतिबन्ध फुकुवा गरेको हो । 

    आइतबार उडान अनुमति नलिई काठमाडौं आएको थाइ एयर एसियाको विमानलाई प्राधिकरणले तत्कालका लागि निलम्बन गरिएको थियो । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द गरिएको थियो । 

    भैरहवा नियमित उडान गर्ने सर्तसहित बुधवार थाइ एयरको उडान फुकुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । भूलका अनुसार थाइ एयरले अब काठमाडौंका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्ने छ । 

    अब आइतबार अर्थात् कार्तिक १८ गतेदेखि थाइ एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट पनि नियमित उडान गर्नेछ । 

    थाइल्यान्डबाट काठमाडौं आएको उक्त विमान करिब एक घण्टा ‘होल्ड’ भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij