महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल फेरि उपविजेतामा सीमित

महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल फेरि उपविजेतामा सीमित

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल फेरि उपविजेतामा सीमित

    काठमाडौं ।  साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।

    बंगलादेशले लगातार दोस्रो पटक साफको उपाधि जितेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अब पाएपनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक-एक प्रहार बारमा लागेको थियो ।

    दोस्रो हाफमा नेपाली टिममा दुई परिवर्तन भएको थियो । पूजा रानाको स्थानमा समीक्षा घिमिरे र सरु लिम्बुको स्थानमा रश्मीकुमारी घिसिङ मैदान प्रवेश गरेका थिए ।

    ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले पहिले अग्रता लियो । कप्तान सबिना खातुनको पासमा मोनिकाले गोल गरेकी थिइन् । तर त्यो गोल धैरै समय टिकेन ।

    त्यसको चार मिनेटपछि नै अमिसा कार्कीले नेपालको लागि गोल फर्काईन् । तर ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले उत्कृष्ट गोल गदै बंगलादेशलाई फेरि अग्रता दिलाइन् ।

    उनले बायाँ साइडबाट बक्समा हानेको क्रस सिधै गोलमा परिणत भयो । नेपाली किपर एन्जिलाले बचाउने प्रयास गरेपनि असफल भइन् । लिम्बुको बचाउने प्रयास अफल हुँदा नेपालले उपविजेतामा चित्त बुझाउनु परेको हो। 

    घरेलु मैदानमा साफको उपाधि जित्ने नेपालको लक्ष्य तेस्रो प्रयासमा पनि पूरा भएन । यसअघि २०१९ मा विराटनगरमा भएको साफमा भारतसँग फाइनलमा हारेको नेपाल २०२२ मा काठमाडौंमै बंगलादेशसँग पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij