नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

    काठमाडौं ।  अखिल नेपाल फुटबल संघ एन्फाले साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने भएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने जनाइएको हो । 

    यस पटक एन्फाले ११ हजार टिकटमात्र बिक्री गर्नेछ । जसमध्ये जावलाखेलबाट साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने जनाइएको छ। 

    जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन् । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ । 

    आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैं लिएको हो । यसअघि खेलको टिकट बिक्री गर्ने जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रालिले लिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij